‘रणवीर’ को ‘ ढुकु रान्चडी ’

माघ १८ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘रणवीर’मा समावेश ‘ ढुकु रान्चडी ’बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा फिल्मका मुख्य दुई पात्र अभिनेता सुशील सिटौला अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड छन् ।

सार्वजनिक गीतमा प्रताप दास, चक्र बम र सतिसको स्वर, हर्क साउद र अमित श्रेष्ठको शब्द, श्रेष्ठकै संगीत , सुरेन्द्र बसेलको कोरियोग्राफी र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

एक्सन जनरामा निर्माण भएको उक्त फिल्ममा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.