अख्तिायारको उद्देश्यलाई बोकेको फिल्म ‘सयकडा दश’–प्रमुख आयुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले फिल्म ‘सयकडा दश’लाई अख्तिायारको उद्देश्यलाई बोकेको फिल्म भनेका छन् । आयुक्तले हिजो ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि ‘अख्तिायारको उद्देश्यलाई बोकेको फिल्म ’ भनेका हुन् ।

फिल्मलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हरेका थिए । आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन । साथसाथै यो फिल्म कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन ।

शुक्रबार रिलिज भएको रामशरण पाठक निर्दे्शित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । फिल्म राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.