कलाकारको फेसबुक लाइक बढ्यो, हल क्रेज घट्यो

सुत्र इन्टरटेन्मेन्ट-

नेपाली कलाकारको बारेमा कुरा गर्नु अघि एकैछिन बलिउडका कलाकारको कुरा गरौ । बलिउडका सुपरस्टार साहरुख खानको ट्विटरमा ३ करोड भन्दा बढी फलोअर्स छन् । साहरुखलाई ट्विटरको त बादशाह नै मानिन्छ । तर, उनले अभिनय गरेका सिनेमाले सय करोड कमाउन मुश्किल परेको छ । सय रुपैयाँको औषत टिकटमा हेर्ने हो भने पनि उनको ट्विटरमा भएका एक करोड दर्शकले पनि सिनेमा हेरेका छैनन् । ट्विटरको फलोअर्स बढेपनि उनको हलमा दर्शक घटेका छन् । यस्तो उदाहरण, आमिर खान, सलमान खानदेखि विभिन्न नाम चलेका हिरोइनमा पनि हेर्न सकिन्छ ।

अब, नेपाली कलाकारमा नै फर्किऔ । नेपाली कलाकार अहिले सामाजिक संजालमा बढी अभ्यस्त छन् । उनीहरुलाई पछ्याउनको संख्या, फेसबुक, इन्स्टाग्राम, टिकटकमा लाखौ छ । तर, हलमा अभिनेत्री प्रियंका कार्कीको फेसबुकमा २२ लाख फलोअर्स छन् । २२ लाख दर्शकले पछ्याउँदा उनले अभिनय गरेका सिनेमा हेर्न कहिलकोही त २२ सय दर्शक पनि हलमा पुग्दैनन् । फेसबुकमा उनका तस्बिरमा प्रशंसा गर्ने र मन पराउनेहरु हलसम्म किन आकर्षित नभएका होलान् रु अभिनेत्री प्रियंका कार्कीलाई फेसबुककी रानी भन्न सकिएला रु तर, हलमा ती दर्शकले प्रियंकालाई खासै वास्ता गरेका छैनन् ।

अभिनेत्री रेखा थापालाई सामाजिक संजाल फेसबुकमा पछ्याउनेको संख्या त ३३ लाख छ । यो नेपाली कलाकारमा सबैभन्दा धेरै हो । ३३ लाख दर्शकले रेखाका दैनिक गतिविधी फेसबुकको माध्यमबाट मन पराएका छन् । तर, उनको सिनेमाले पानी भन्न नपाएको केही बर्ष हुन थाल्यो । रेखा फेसबुकमा हेर्दा, अहिले पनि नेपाली सिनेमाको नम्बर १ अभिनेत्री हुन् । तर, फेसबुकमा पछ्याउनेमध्ये ३ लाखले मात्र पनि रेखाको सिनेमा हेरिदिने हो भने उनलाई स्टारडम सकिएको पीडा हुने थिएन ।

अभिनेत्री केकी अधिकारीको लोकप्रियता पनि फेसबुकमा कम छैन । उनलाई करिब ९ लाखले फेसबुकमा पछ्याएका छन् । तर, केकीको सिनेमा हेर्न त ५० हजार दर्शक पनि हलमा पुग्दैनन् । केकीले आजसम्म अभिनय गरेका सिनेमा चलेका छैनन् । यसैले उनी अभागी हिरोइन हुन् भन्दा हुन्छ । तर, केकीलाई फेसबुकमा मन पराएर उनको बयान गर्नेको संख्या पनि धेरे छ ।

नेपाली कलाकारलाई सामाजिक संजालमा पछ्याउनेको संख्या धेरै छ । तर, सामाजिक संजालमा मन पराउने दर्शकहरु हलसम्म किन नआएका होलान् रु यो बारेमा न त कलाकारले नै गम्भिर भएर सोचेका छन् न त उनीहरुका फ्यानले नै ।

फेसबुकको लाइक बटन थिच्नु र हलसम्म आउनु फरक कुरा हो । फेसबुकको लाइकको आधारमा पनि कलाकार आफूलाई स्टार भएको महुशश मात्र गर्दैनन्, आफू शक्तिशाली भएको भ्रम पनि पाल्छन् । तर, ती स्टारलाई दर्शकले हलमा साथ दिएका छैनन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.