जानी नजानीको कभर भिडियो प्रतियोगिता

चैत्रबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘जानी नजानी’ को सार्वजनिक पहिलो गीत ‘एउटीलाई म’ट’मा घर…’ कोभर भिडियो घोषणा गरेको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिप’र फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।

गीतमा अर्जन पोखरेल र दुर्गा खरेलको स्वर, अम्बिका शर्माको शब्द , अर्जन पोखरेलको संगीत,कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा मनिष श्रेष्ठ र समी मोक्तान फिचर्ड छन ।

यो गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हुनु पर्नेछ । त्यन्दा माथि चार मिनटसम्मको भए पनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताईन् ।

‘उत्कृष्ट कोभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो ह’नेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले काटुन क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिप र फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।

भिडियो फाल्गुन २ गते भित्र janinajani2018@gmail.com मा पठाईसक्न पर्नेछ । यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट !) मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्म बसन्त अधिकारीको डेब्यु निर्देशन हो भने फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीको निर्माण गरेका हुन् । प्रेम कथामा आधारित फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, संजय लामाको छायाँकन, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठका अलावा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.