पुर्न जन्मको प्रेममा भिमफेदी गाइज

भिमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सर्वाजनिक भएको हो। मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।

लामो समय देखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगितकार तथा गीतकार इश्वर मगियाको गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घट्नालाई देखाइएको छ। गीतको भिडियोमा भिमफेदी गाइजका निर्मल लामा भिलेनको रुपमा प्रस्तुत भएका छन् । गीतमा भिलेन किन बन्नु भएको भन्ने प्रश्नमा निर्मल भन्छन्, ‘भिलेन जस्तो म मात्रै थिएँ त। ग्रुपमा मेरो अनुहार भिलेनको जस्तो छैन त रु ’।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.