चुनौतिका बीच पनि मोफसलमा अवार्ड कार्यक्रम गरेरै छाड्छौं: हरि कार्की

पछिल्लो समय नेपाली चलचित्रको विकास भएसंँगै अवार्डका कार्यक्रमहरुको संख्यामा पनि बृद्धि भइरहेको पाउंँछौ । नेपाली कला , संस्कृति र समाजमा भए गरेका समसामयिक बिषयवस्तुलाई चलचित्रको माध्यमद्धारा समाजलाई सही मार्गनिर्देशन दिनुपनि चलचित्रको उद्धेश्य हुन्छ । तर सबै चलचित्र सामाजिक , राजनैतिक बिषयवस्तुमा आधारित हुदैनन । चलचित्रमा मनोरञ्जन दिनुका साथै आफूले बनाएका चलचित्रबाट आम्दानी गर्नुपनि सबै चलचित्रकर्मीको उद्धेश्य हो ।

व्यवसायिक रुपमा निर्माण गरिएका कतिपय चलचित्रले चर्चाको साथै लाखौं रुपैया पनि आम्दानी गरिरहेको हामीले देख्दै आएका छौं । बर्षमा सयौं चलचित्र निर्माण भइरहंँदा औलामा गनिन् केही चलचित्रले मात्र सफलता पाउनु भने दुःखद कुरा हो । चलचित्रको संख्यात्मक रुपमा बृद्धि भएसंँगै चलचित्रमा अवार्डका कार्यक्रम राख्नु अहिले फेशन जस्तै बनेको छ ।

काठमाडौमा विभिन्न विधामा विभिन्न संस्थाहरुले अवार्डको आयोजना गर्दै आएका छन । तर यी दिइएका अवार्डहरु कति न्यायिक छन , यसका मापदण्ड के के हुन भन्ने कुरामा त्यति गम्भिर रुपमा लिइएको पाइदैन । लोकप्रियता र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने यस्ता कार्यक्रममा पछिल्लो समय सस्तो लोकप्रियता कमाउने नाउंँमा अवार्ड किनबेच गर्ने घटनाहरु पनि नौला होइनन ।

तर चलचित्र क्षेत्रको मुख्य व्यवसायिक थलो काठमाडौंमा जस्तो मोफसलमा भने अवार्ड कार्यक्रम गर्नु ठूलो चुनौतिहरु छन । कारण कलाकारहरु सहज पहुंँच मोफसलमा नहुन, अवार्ड गराउने आयोजकहरु तथा विज्ञहरुको कमी तथा खर्च ज्यादा हुने गरेका कारण पनि मोफसलमा अवार्ड कार्यक्रम हुन सकेका छैनन ।

मोफसलमा रहेर निरन्तर रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको र मोफसलमा अवार्ड गर्नु केन्द्रमा अवार्ड गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो, किनकी केन्द्रमा अवार्ड गर्नको लागि प्राविधिक सहजता तथा कलाकारहरुको सहभागिता उल्लेखनीय रहन्छ । तर मोफसलको बजार सानो रहेको हुंँदा यहांँ अवार्ड आयोजना गर्दा निकै ठूलो पहाड चढे जस्तै चुनौति छ ।

कारण यहांँ अवार्ड कार्यक्रममा चाहिने हल, प्रविधि र प्राविधिकको सहजता छैन । अर्कोकुरा काठमाडौंबाट कलाकार ल्याउनु तथा उनीहरुको व्यवस्थापन गर्न निकै चुनौति हुन्छ । थौरै खर्चमा यस्ता कार्यक्रम आयोजना गर्न जोसुकैले आंँट गर्न सक्दैन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.