शुक्रबार रिलिज ‘समर लभ’को प्रेस शो सम्पन्न

शुक्रबार अर्थात माग २५(आज)बाट देशव्यापी प्रर्दशनमा आएको सुबिन भट्टराईको ६ बर्ष पहिले बजारमा आएको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को प्रेस शो सम्पन्न भएको छ ।

‘समर लभ’को कथामाथी निर्माण भएको फिल्मलाई सम्पन्न शो बाट निक राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा अतितको भुमिकामा आशिष पिया रहँदा सायाको भुमिकामा रेवती क्षेत्री र सुस्मिताको भुमिकामा नम्रता सापकोटा छिन भने न्यारेटर (लेखक)को भुमिकाका सुरजसिंह ठकुरीले निभाएका छन् ।

सुबिन भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादक गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.