अनमोलको ‘क्याप्टेन’ नेपाल अगावै जापानको प्रर्द्शन मिती तय

निकै प्रतिक्षित मानिएको चर्चित कलाकार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को गीतसंगै ट्रेलर केहि दिन अगाडी सार्वजनिक भइसकेको छ । गीत र ट्रेलर सार्वजनिक भएसंगै अहिले फिल्मको चर्चा झन् चुलिदै गहिरहेको छ । चुलिदो फिल्मको चर्चाकै कारण फिल्मको बिदेशमा माग बढिरहेको छ ।

फाल्गुन १७ बाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको उक्त फिल्म अब जापानमा पनि प्रर्दशन हुने भएको छ । फिल्म नेपालमा प्रर्दशन हुनु अगावै भुवन केसीले फिल्मलाई विदेशमा बिक्री गरेका छन । डेस्टिनी क्रियशनसँग सहकार्य गरेर सुवास लामिछानेले फिल्मलाई जापानको टोकियोमा मार्च १७ मा प्रदर्शन गर्ने छन ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.