सुहानाको प्रेममा मग्न अनमोल ( टिजर )

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण भएको फिल्म’ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार युटुब मार्फत सार्वजनिक उक्त टिजर १ मिनेट १३ सेकेन्डको रहेको छ । जसमा मेघा स्टार अनमोल केसी र नव अभिनेत्री सुहाना थापा प्रेममा मग्न रहेको देखाइएको छ ।

सुनिल कुमार थापाको निर्माण रहेको यो फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । उनको निर्देशनमा बनेको यो दोस्रो फिल्म हो । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने फिल्म हो ।

‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्नेछ । फिल्म चैत २९ गते देखि देशब्यापी प्रर्दशनमा आउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.