समर लभः प्रेम गर्नेका लागि उत्कृष्ट खुराक

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा बनाउन अझै पनि मेकरले जानेका छैनन् । सिनेमाको कथा राम्रो लेखेर मात्र हुन्न, सिनेमालाई क्यामेरामा पनि कथा अनुसार नै उतार्न आवश्यक छ । यसैले त नाम चलेका कलाकार नै भन्छन्, कथा पढ्दा उत्साहित हुन्छौ, बन्दै जाँदा दिक्क लाग्छ ।

नेपालमा कृतीमाथि बनेका सिनेमाले न्याय गर्न नसकेको आरोप लाग्दै आएको छ । कृती हिट भएपनि त्यसलाई सिनेमामा उतार्दा किन मेकर चुकेका होलान् ? कि कृतीबाट दर्शकको अपेक्षा धेरै भएर वा कृतीलाई न्याय गर्न नसकेर ? झोला सिनेमा बाहेक कृतीमाथि बनेका सिनेमाले दर्शकको माया पाउन सकेनन् ।

यही विचमा एउटा चर्चित उपन्यास समर लभमाथि आधारित रहेर समर लभ नामक सिनेमा नै बनेको छ । मुस्कान ढकालको निर्देशनमा करिब ३ बर्ष लगाएर बनाइएको सिनेमालाई दर्शकले के भने ? समिक्षकले के भने ? अनी के यो सिनेमाले कृतीमाथि बनेको सिनेमाको रक्षा गर्यो त ?

यो सिनेमालाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । शुक्रबार र शनिबारको झरीका बाबजुत पनि दर्शक हलसम्म पुग्नुको कारण, यसको क्रेज नै हो ।
शनिबार हलसम्म पुगेका दर्शकले सिनेमालाई रुचाए । सिनेमाले अतित र सायाको कथालाई प्रस्तुत गरेको छ ।

निर्देशक मुस्कान ढकाल अहिले तारिफको केन्द्रमा छन् । किनकी, मुस्कानलाई दर्शकले पनि र समिक्षकले पनि राम्रो सिनेमा निर्देशन गर्न सक्ने निर्देशक भनेर समिक्षा गरेका छन् । नाई नभन्नु ल ३ पछि मुस्कानले ३ बर्ष लगाएर बनाएको सिनेमा सार्थक भएको छ ।

समर लभले थोरै आलोचना पाएको यसको कलाकारमा हो । विशेषगरि, सिनेमामा देखिएका कलाकार आशिष पिया र पात्र अतितको गेटअप, जात र कलर नमिलेको भन्दै आलोचना भैरहेको छ । यसका निर्देशकले सिनेमाको पत्रकार सम्मेलनमा नै यो कुरा स्विकार गरिसकेका थिए । कलाकार धेरै खोज्दा पनि नपाएपछि यस्तो भएको उनले स्विकार गरेका थिए ।

सिनेमा हेर्ने तर पुस्तक नपढ्नेका लागि त समर लभ स्वादिलो बनेको छ । तर, पुस्तक पढेर सिनेमा हेर्न जानेलाई कलाकारको मिस लिडिङमा थोरै चित्त नवुझ्न सक्छ ।

तर, सिनेमाले पुस्तकमा भनिएका लोकेशनमा कुनै पनि कञ्जुस्याँई गरेको छैन । एउटा सफल कृतीमाथि सिनेमा बनाउनु आफैमा गाह्रो काम हो । यो कामलाई रोजेको मुस्कान ढकालले आफूलाई प्रेमकथाको सिनेमा भन्न सक्ने निर्देशकको रुपमा चिनाएका छन् ।

समर लभलाई दर्शकले माया दिइरहेका छन् । एउटा गहिरो प्रेमकथा भ्यालेन्टाइन डेको सप्ताहामा प्रेम गर्नेहरुका लागि सुनमा सुगन्ध हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.