लण्डनबाट सुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा केहि दिन अगाडि लन्डन पुगेका कलाकार र निर्माण टिमले क्यामेरा पूजा गरेका फिल्मको छायांकन सुरु गरेका थिए ।

बेलायत (लण्डन), स्कटल्याण्ड, वेल्समा र मुस्ताङमा छायांकन हुने फिल्मको पहीलो सर्ट नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले दिएका थिए । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

निर्देशक सुदर्शन थापाकै निर्देशन रहने सो फिल्म ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ भने फिल्ममा अमित कुमार बस्नेत र अजित कुमार थापाको लगानी रहनेछ ।

त्रिकोणात्ममक प्रेमकथामा आधारित रहेर निर्माण हुने फिल्ममा पूजा शर्मा र सोनम तोप्देनका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

फिल्ममा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र महेश दवाडीको कथा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.