भ्यालेन्टाइन्स डेमा झल्कियो पल र आचलको माया ( भिडियो )

भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्यामा गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको स्वरमा ‘मायामा तिम्रो…’ बोलको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक भएको छ ।

संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । संगीतकार सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।

बिकास सुवेदीद्वारा निर्देश्ँन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आचल शर्माले अभिनय गरेका छन् । अभिनेता शाहले आफू यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि आफ्ना थुप्रै म्युजिक भिडियोहरु मध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.