बलिउडबाट कथा मात्र होइन, बिहेको स्टाइल पनि भित्रियो

सुत्र इन्टरटेन्मेन्ट- नेपाली सिनेमा क्षेत्र बलिउडबाट प्रभावित छ । बलिउडमा यस्तो हुन्छ र उस्तो हुन्छ भन्ने सुनिन्छ । बलिउडबाट नेपाली सिनेमाको कथा प्रभावित हुन थालेको त सुरुबाट नै हो ।

बलिउडका सिनेमा हेरेर हुबहु चोर्ने नेपाली सिनेमाका निर्माताले अझै पनि यो बानीलाई छाडेका छैनन् । उनीहरुले त बलिउडको सीडी हेरेर सिनेमा समेत बनाएका छन् । अब, बलिउडमा दर्शकको छाप बढी परेपछि साउथ, कोरियन र अंग्रेजी सिनेमा पनि उनीहरुका लागि अर्को टार्गेट बनेको छ ।

बलिउड र नेपाली सिनेमाको कनेक्शन यती कुराले मात्र सिमित छैन । अब, बलिउडको कनेक्शनले नेपाली सिनेमाका कलाकारलाई छोएको छ । बलिउड अभिनेता र अभिनेत्रीहरुको पहिरनबाट पनि नेपाली कलाकारहरु प्रभावित छन् । बलिउडमा जस्तो पहिरन लगायो, त्यस्तै पहिरनको डिजाइनमा सजिन नेपाली कलाकारलाई कसैले सक्दैन ।

तर, अब बलिउडको अर्को प्रभाव नेपाली सिनेमाका कलाकारमा देखिएको छ । बलिउडमा केही जोडीले बिहे गरे । तर, अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंह, त्यस्तैगरी अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको बिहे सर्वाधिक चर्चामा रहेको थियो । उनीहरुले बिहे गर्दै गर्दा आफू दुइको नामको शब्द मिलाएर नयाँ नाम निर्माण गरे । यस्तै, बिहेको घोषणा गर्ने तरिका पनि उनीहरुको विशेष थियो ।

अब, यो शैलीले नेपाली सिनेमाका अभिनेता र अभिनेत्रीलाई पनि छोएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहे अघि आफू दुइको नाम मिलाएर आयंका राखे । प्रियंका र आयुष्मानको नाम मिलाएर आयंका राखिएको थियो । यो बलिउड जोडीबाटै प्रभावित तरिका हो ।

यो तरिकाको फलो अर्की अभिनेत्री बर्षा राउतले पनि गरिन् । बर्षा राउत र अभिनेता संजोग कोइराला बिहे गर्दैछन् । बिहेका लागि उनीहरुले सुरुवातमा त दिपिका र रणवीरले जस्तो एउटा लेटर नै बनाएर घोषणा गरे । यो घोषणाको तरिका दिपिका र रणवीरको तरिकासँग मिल्छ । अब, यो जोडीले आफू दुइको नाम मिलाएर नयाँ नाम राखेको छ । यो तरिका पनि बलिउडबाट नेपाली फिल्ममा भित्रिएको हो ।

बर्षा र संजोगले मिलाएर राखेको नाम हो सन्सा । बर्षा र संजोगको नाम मिलाएर सन्सा राखिएको छ । जुन प्रियंका र दिपिकाको शैलीबाट प्रभावित छ । अब, अन्य कलाकारले पनि यो कुराको फलो गर्ने निश्चित छ । नेपाली सिनेमा बलिउडको कथाबाट मात्र प्रभावित हुँदैन, बिहे गर्ने तरिकाबाट पनि प्रभावित हुन्छ ।

यसलाई सुखद मान्न पनि सकिन्छ । तर, कलाकारले अर्को स्टाइल झिकेर आफै ट्रेन्ड सेट गरेको भए त्यसलाई अरुले फलो गर्ने थिए । तर, हामी बलिउडको हावाबाट बाहिर नै जान सक्दैनौ । जुन हावामा बिहे पनि मिसिएको छ र नेपाली कलाकार पनि जोडिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.