सिनेमा नचलेपछि किचलो, चल्दा भव्य पार्टी

सुत्र इन्टरटेन्मेन्ट- सिनेमा रणवीरका निर्माताद्धय गोमा बिष्ट र दिपेन्द्र रेग्मीलाई निर्देशकले करिब ८० लाखमा सिनेमा सकिदिन्छु भनेका थिए । यतिमा सिनेमा सकियो भने सबैतिरबाट लगानी उठाउन पनि सजिलो हुने वुझाई उनीहरुको छ ।

तर, सिनेमा बनाउँदै जादा निर्माताले सोचेजस्तो भएन । सिनेमाको छायांकन ५० दिनका लागि तोकिएको थियो, तर लाग्यो ९५ दिन । यति दिन लाग्दा पक्कै पनि निर्माताको बजेट डबल लाग्यो । डबल बजेट छायांकनमै सकियो ।

यसपछि नै यो सिनेमाका निर्देशक गोविन्द सिंह भण्डारी र निर्मात्री गोमा बिष्टविच मनमुटाव सुरु भयो । बजेट बढ्दै जाँदा निर्देशकमाथि निर्माताको पारो चढ्नु स्वभाविक नै हो ।

अहिले सिनेमा चलेर उत्रिसकेको छ । सिनेमाले लगानीको आधा भाग पनि उठाउन सकेन । सिनेमा असफल भएपछि अब निर्मात्री र निर्देशकविचको मनमुटाव बाहिर आउन थालेको छ ।

आफूहरु जस्ता नयाँ निर्मातालाई यस्तै निर्देशकले फसाउन थालेको भन्दै गोमाले आक्रोश पोखेकी छिन् । सिनेमा नचलेपछि निर्मात्रीलाई साढे २ करोडको ऋण त लाग्ने नै भयो । अब, उनलाई यो उठाउने कसरी भन्ने पिर परेको छ ।

निर्देशकले मनोमानी नगरेको भए यति धेरै बजेट नलाग्ने उनको भनाई छ । नेपालमा नयाँ निर्देशक र नयाँ निर्माताविच देखिने सबैभन्दा ठूलो समस्या यही नै हो । निर्देशकले एउटा सोचमा सिनेमा सुरु गर्छन्, तर अनुभव कम हुँदा बजेट बढ्न जान्छ । निर्मातालाई ठूलो घाटा लाग्छ ।

यसपटक कुटाकुटको अवस्था सुरु हुन्छ । सिनेमा बनाउनेले सुरुमै एउटा आँकलन गर्न सक्दैनन् । अझ, नयाँ निर्मातालाई त यसरी फसाइन्छ कि, उनीहरु सिनेमा चलेपछि टाउकोमा हात राखेर बस्न विवश छन् । नेपाली सिनेमामा देखिएको ठूलो समस्या नै यही हो ।

सिनेमा चलेको भए यो समस्या आउने थिएन । तर, सिनेमा नचलेपछि यो समस्या आउँछ र एकले अर्कोलाई आरोप लगाउन पनि सुरु हुन्छ । अहिले बर्षमा कम्तीमा पनि सय वटा सिनेमा बन्ने गरेका छन् । सय वटा सिनेमामा ९० वटा सिनेमा त चल्दै चल्दैनन् । २ दिनमै हलबाट उत्रिन्छन् । यी सिनेमामा हेर्ने हो भने, लगानी नयाँ निर्माताको छ । जो सिनेमा बनाउने कसरी हो भन्ने पनि राम्रोसँग थाहा पाउँदैनन् ।

अझ, निर्देशक पनि नयाँ परे भने अर्को समस्या । निर्देशकलाई फिल्म बनाउन त आउला, तर सिनेमाको मेकिङ क्यामेरापछि पनि हुन्छ भन्ने कम आउँछ । यही अनुभवले नै हो धेरै निर्माता पहिलो सिनेमापछि फिल्म मेकिङमा आउन सकेका छैनन् । यसपछि, कोहीले कलाकारलाई गाली गर्छन्, कोहीले निर्देशकलाई ।

हुनत, केशव भट्टराई, सुवास गिरी जस्ता चलेका र वुझेका निर्माताले त बजेटको कन्ट्रोल गर्न नसकेर हैरान हुनु परेको अवस्था छ । सिनेमा बनाउनु आफैमा गाह्रो काम हो । पैसाले मात्र सिनेमा बन्दैन । तर, बनिसकेपछि अरुलाई दोष दिएर झगडा गर्नु भन्दा पनि बन्नु अगाडि नै सोच्न आवश्यक छ । अझ, नयाँ निर्माताले त यो कुरा वुझ्न अती नै आवश्यक छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.