आयुष्मान र विशालको प्रेममा मग्न प्रियंका

योगेश घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘प्रेम दिवस’को दुई पोस्टर सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माण टिमले फिल्मको पोस्ट सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल प्रियंकाको प्रेममा मग्न देखिएका छन् ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सञ्जय न्यौपाने निर्माता तथा रमेश चौधरी र उत्सव ढकाल सह निर्माता रहेका छन् । फिल्ममा प्रदीप भारद्वाजको पटकथा/लेखन, बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गर्न लागेका हुन् ।
फिल्म जेष्ठ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.