भ्यालेन्टाईनमा प्रदीप र जसिताको घाम जुन उपहार

भ्यालेन्टाईन डेको विशेष अवशरमा चर्चित जोडी अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको फिल्म लभ स्टेशनमा समावेश ‘घाम जुन चाहिँदैन’बोलको गीत सार्वजनिक भएको छ ।

बिहिबार निर्माण टिमले युटुब मार्फतसार्वजनिक गारेको उक्त गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ-आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् ।

दीपक शर्माको शब्द/संगीत, सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको गीतलाई निकै सुन्दर ढंगमा प्रस्तुत गरिएको छ ।

छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.