साम्राज्ञी र पुष्पलसाथमा ‘मारुनी’ शुभ मुहुर्त सम्पन्न ( भिडियो सहित )

केहि समय अगाडी राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै औपचारिक घोषणा गरिएको फिल्म ‘मारुनी’को शुभ मुहुर्त सम्पन्न भएको छ ।अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक लिईएको भनिएको सो फिल्मको शुक्रबार राजधानी एक मन्दिर स्थित पूजा अर्चना गर्दै फिल्मको शुभ मुहुर्रत गरिएको हो।

निर्माण टिम तथा फिल्मका अभिनेता अभिनेत्रीको उपस्थितिमा सम्पन्न शुभ मुहुर्त कार्यक्रममा अभिनेत्री साम्रगीले आफुले पहीलो पटक मन्दिर आएर पूजा गरेर काम सुरु गरेको र पहिलो दिननै फिल्म एकदम राम्रो हिट हुने आफुलाई लागेको बताइन ।

फाल्गुनक्कू दोश्रो हप्ताबाट छायांकन सुरु गरिने फिल्ममा साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का रहेका छन । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण हुने उक्त फिल्मको छायाँकन बाँके लगायतका अन्य विभिन्न स्थानहरुमा हुनेछ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक नवल नेपालले निर्देशन गर्दै छन् । फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाका अलावा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुक अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.