आक्रामक प्रचार प्रसारमा ‘दि ब्रेकअप’

फागुन १७ गते बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दि ब्रेकअप’को प्रदर्शन मिति नजिकिँदा निर्माण टिम यतिबेला आक्रामक प्रचार प्रसारमा जुट्ने तयारीमा छ । यो बीचमा बिहिबार पारेको प्रेम दिवसको अबसरमा ‘दि ब्रेकअप’ले टिम राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभ चिन्तकहरुसँग माया साट्यो ।

लिड अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल मुद्रामा फ्यानहरुमाझ पुगे । राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे, सेल्फीमा रमाए । अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिती जनाए ।

निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा फिल्मको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राख्यो । स्थानिय दर्शकले ‘दि ब्रेकअप’को हुटिङ सहित सफलताको शुभकामना दिएका थिए ।

रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको फिल्मको ट्रेलरले लोकप्रियता बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा पनि यो फिल्मको ट्रेलरमा समावेश दायलगहरु हिट लिस्टमा छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.