निरुताको लागी अनमोल र भुवनको तछाड मछाड ( भिडियो )

अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सार्वजनिक गरेको उक्त गीतमा अनमोल र भूवनको साथमा नायिका निरुता सिंहलाई देख्न सकिन्छ ।

गीतमा अनमोल र  भूवन केसी निरुताको पछि लागेको देखाइएको छ ।  मेलिना राई र एसडी योगीको स्वर रहेको यो गीतमा एसडीकै शब्द/संगीत तथा रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ  ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा अनमोलका आलावा सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फाल्गुन १७ बाट देशब्यापी प्रर्द्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.