आफ्नो बायोपिक आफै बनाउदै कंगना

कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘मणिकर्णिका: द क्वीन ऑफ झांसी’भखरै प्रर्दशनमा आएको छ । प्रर्दशनमा आउनु अगावा निकै चर्चामा रहेको फिल्मले रिलिज पछि भने खासै राम्रो ब्यापार गर्न सकेन ।

कंगनाकै निर्देशन तथा अभिनय रहेको फिल्मले राम्रो ब्यापर नगरेता पनि उनको अभिनयको भने निकै चर्चा भएको थियो ।

भारतीय संचार माध्यमका अनुसार,कंगनालाई निर्देशनमा निकैनै रुची रहेको छ । एक कार्यक्रममा बोल्दै उनले आगामी दिनमा उनि अभिनय भन्दा पनि निर्देशनमा आफ्नो करियर अगाडी बढाउने बताएकी छिन ।

सार्वजनिक खबरका अनुसार, कंगनाले अब चाडैनै अर्को प्रोजेक्टमा काम गर्ने भएकी छिन । उनले आफ्नै जीवनीमा आधारित रहेर नयाँ प्रोजेक्टमा काम अगाडी बढाउने छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.