सार्वजनिक भएसंगै भाइरल बन्यो नेपालका आयुश केसीकको ‘सारेगमपा लिटिलच्याम्प’को प्रोमो र प्रस्तुति ( भिडियो )

भारतको टेलिभिजन च्यानल ‘जी टिभि’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगमपा लिटिलच्याम्प’मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने बर्ष १२ का आयुश केसी पुरा भारत र नेपाल समेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन ।

हिजो मात्र जी टिभीले रिलिज गरेको ‘प्रोमो’ र प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ । नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोकका आयुश केसिको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ, यस प्रस्तुति पछि उनी टप १५ मा पुग्नेछन ।

Aayush’s amazing performance took everyone’s heart away. Will he make it to the top 15? Watch #SRGMPLilChamps, Sat-Sun, 9 PM.Shaan The Richa Sharma Amaal Mallik Ravi Dubey#MusicSeBadhengeHum

ZEE TV ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಗುರುವಾರ, ಫೆಬ್ರವರಿ 14, 2019

सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले बताएका छन् । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो ।

आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन । अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्ने उनले गीत पनि रेकर्ड गरि सकेका छन ।

यस रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.