विदेशी फिल्म सामु कमजोर बन्दै नेपाली फिल्म

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा देखिएको सुस्त रोगले अहिले निर्मातादेखि वितरक दिक्क छन् । हलमा मानिस नआउँदा देखिएको दिकदारीले सबैलाई हैरान बनाएको छ ।

आजबाट रिलिज भएको सिनेमा बुलबुल सिंगल हलमा कमजोर देखियो । मल्टिप्लेक्समा औषत देखिएको सिनेमा हेर्न दर्शकको चाप कमजोर छ । कोही दर्शकले सिनेमालाई मन पराएका छन् भने कतिपयलाई यो सिनेमा मन परेको छैन । बुलबुलबाट नेपाली सिनेमाले अपेक्षा गरेको थियो ।

शुक्रबार भेटिएका एक हल संचालकले बिहिबार समर लभमा देखिएको दर्शक भन्दा शुक्रबार बुलबुलमा देखिएको दर्शक कम भएको भन्दै चिन्ता व्यक्त गरे । उनलाई लाग्छ, दर्शकले अब केही आशातित सिनेमा नै कुरेका छन् ।

छक्का पन्जा ३ पछि सुस्ताएको सिनेमा बजारलाई उकास्ने अपेक्षा धेरै सिनेमाबाट भएतापनि ती सिनेमाले रहर पुरा गर्न सकेनन् । प्रसाद हलमा राम्र्रै चल्यो भने चंगाचेट औषत देखियो । यसपछि सिनेमाको बजार सुनसान छ ।

अब, कुन सिनेमाले हल तताउला त रु वितरकहरु भन्छन्, अभिनेता अनमोल केसी अभिनित सिनेमा क्याप्टेनले दर्शकलाई हलसम्म तान्नेछ । क्याप्टेन सिनेमाले हलमा झिंगा भन्काउन पर्ने अवस्थाबाट हलवालालाई मुक्त गर्ने अपेक्षा उनीहरुको छ । तर, फागूण र चैत्रमा आशा गरिएका अरु सिनेमा पनि छन् ।

चैत्रमा रिलिज हुन लागेको सिनेमा लभ स्टेशन, यात्रा र ए मेरो हजुर ३ ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा धेरैको छ । यी सिनेमा पनि हलमा दर्शक तान्न असमर्थ भएको अवस्थामा नेपाली सिनेमा बनाउनुको तुक नभएको तर्क वितरकले नै गर्दै आएका छन् ।

अहिले सिनेमा हलमा फेरि हिन्दी फिल्मको दबदबा देखिएको छ । जसले नेपाली सिनेमालाई कमजोर बनाएको छ । गल्ली ब्वाई, हलिउड सिनेमा अलिताले राम्रो कमाई गरिरहेका छन् । नेपालबाटै बलिउड सिनेमा सिम्बाले राम्रो कमाई गर्नु स्वभाविक नै थियो । तर, त्यो भन्दा पनि साउथको सिनेमा केजीएफले ५१ दिनको व्यापार गर्यो ।

यसले पनि विस्तारै विदेशी सिनेमाप्रति देखिएको दर्शकको मोह कमजोर बनेको हो की भन्ने देखिन थालेको छ । अहिले हिन्दी सिनेमा नै बढी चलेका छन् । नेपाली हलमा विदेशी सिनेमा विस्थापित हुन थाले भनेर सोचेका सिनेकर्मीलाई फेरि अहिलेको घटनाक्रमले तर्साउन थालेको छ ।

हामी के कुरामा कमजोर भएका हौ । हामीले किन सिनेमा बनाएर दर्शकलाई हलसम्म तान्न नसकेका हौ । किन, हाम्रा सिनेमाले दर्शकलाई बटुल्न नसकेका हुन् ।

यसबारेमा अब सोच्नुपर्ने अवस्था छ । नेपालमा विदेशी सिनेमालाई नेपाली सिनेमाले जित्ने भनेको बिषयवस्तुले नै हो । तर, हामी कतै बिषयवस्तुमै चुकेका त छैनौ ।

विदेशी सिनेमामा देखिएको क्रेज यसरी नै बढ्यो भने यसले नेपाली सिनेमाका लागि ठूलो चूनौती थप्नेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.