वर्षाको रिसेप्सन पार्टीमा दिपक-दिपा: विवाहको लड्डु खाए पनि पछुताउने र नखाए पनि पछुताउने, अब पालो संजोकको

पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री वर्षा राउत हिजो अर्थात् फेब्रुअरी १४ प्रेम दिवसका दिन संजोक कोइरालासँग लगन गाठो कसेकी छिन् । उनले आफ्नो लामो प्रेम सम्बन्धलाई २ गते विवाहमा परिणत गरेकी हुन् ।

बिहेमा खासै मान्छेहरुलाई निम्तो नदिएता पनि उनले आफ्नो रिसेप्सन पार्टीमा भने नेपाली फिल्म क्षेत्रमा अहिले चर्चामा आएका निर्माता-निर्देशक, अभिनेता-अभिनेत्री,हास्य कलाकार सम्पूर्णको निकै घुइचो देखीएको थियो ।

रिसेप्सन पार्टीमा उपस्थित रंगक्षेत्रका व्यक्तित्वहरु दिपक राज गिरि,दिपाश्री निरौला,हरि बहादुर,किरण केसी,आंचल शर्मा लगातका अन्य कलाकारहरुले उनलाई विवाहको शुभकामना दिनुको साथै दिपकले विवाहको लड्डु खाए पनि पछुताउने र नखाए पनि पछुताउनु पर्ने भन्दै जिस्काएका समेत थिए ।

भने प्रियंका,आंचल लगाएतका कलाकारहरुलाई पत्रकारले आफ्नो बिहे कहिले त भनेर प्रश्न गरेका थिए । जसको जवाफ दिदै, अभिनेत्री आंचलले अब २० ओटा विवाह खाएर मोटाएर अनि आफ्नो विवाहको बारेमा सोच्ने बताएकी छिन भने प्रियंकाले अब असारमा विवाह गर्ने बताएकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.