अनुपबिक्रम शाहीको ‘पुरानो बुलेट’ ( ट्रेलर )

अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु मुख्य फिचार्ड छन् ।

सार्वजनिक ट्रेलर ३ मिनेट ६ सेकेन्डको रहेको छ जसमा प्रेम पिडा , घमण्ड, द्वन्द तथा पैसा र बुलेट बाइकको बारेमा देखाइएको छ ।

भीषण राई निर्देशित ‘पुरानो बुलेट’को कथा तथा पटकथा निर्देशक र सन्तोष राईले लेखेका हुन् । फिल्ममा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा रहेका छन् । फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म मंगसिर ५ गतेबाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.