जोडी फेरिएपछि कलाकारलाई चल्नै गाह्रो

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता आर्यन सिग्देललाई अभिनेत्री नम्रता श्रेष्ठसँग दर्शकले खुबै मन पराए । आर्यन र नम्रताले मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिकमा काम गर्दा उनीहरु जोडीले प्रशंसा पायो । दर्शकले यो जोडीलाई यति धेरै मन पराएकी, यो जोडी अहिले अलग हुँदा उनहिरुलाई चल्न नै समस्या परेको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी अब एकसाथ काम गर्ने संभावना कम छ । तर, दर्शकले यी दुइलाई नै खोजिरहेका छन् । आर्यनले नम्रता छाडेर साम्राज्ञीराज्य लक्ष्मी शाहलाई जोडी बनाए । तर, उनलाई चल्न मुश्किल भयो ।

दर्शकको मनमा बसिसकेका कलाकारको जोडीलाई अर्को जोडी बाँध्दा सहज छैन । अभिनेत्री आँचल शर्माले केही समय अगाडि दाल भात तरकारीको सेटमा पुष्पल खड्कासँग जोडी बाँधेपनि दर्शकले आप जोडी नै खोज्ने बताएकी थिइन् ।

आँचल शर्माले अभिनेता पल शाहसँग ३ वटा सिनेमामा काम गरिन् । म्यूजिक भिडियो त उनीहरुको गनिसाध्य नै छैन । पल र आँचल अलग अलग आउँदा दर्शकको रुची कम भएको पाइन्छ । तर, जब यी दुई एकसाथ आउँछन् चर्चा हुने गर्दछ ।

नाई नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रुगतेमा एकसाथ देखिएका यी दुई अहिले अलग अलग भएर काम गरिरहेका छन् । आँचललाई दर्शकले ब्ल्याकमा अभिनेता आकाश श्रेष्ठसँग खासै रुचाएनन् । दाल भात तरकारीमा पनि दर्शकले आँचलसँग पल खोजिसकेका छन् ।

आँचललाई पलसँग काम गर्दा अरु कलाकारसँग काम गर्न नसकेको आरोप लाग्ने गरेको छ भने पलविना काम गर्दा के हुने हो भन्ने मुश्किल छ ।
नेपालमा केही यस्ता जोडी छन् जसलाई दर्शकले खुबै मन पराए ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगातार सिनेमामा काम गरेपनि उनलाई दर्शकले अनमोल केसीसँग नै मन पराए । अनमोल केसीपछि उनले ए मेरो हजुर २ मा सलिनमान बनियाँसँग काम गरिन् । सिनेमा चलेपनि दर्शकले सलिन र साम्राज्ञी जोडी सुहायो भनेनन् । यसपछि त उनले हिट सिनेमा दिन सकेकी छैनन् । तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा यसकै उदाहरण हुन् ।

सिनेमामा एउटा कलाकारसँग सुहाएपछि सो कलाकारलाई आफ्नो जोडी फेर्न खुबै समस्या पर्ने गरेको पाइन्छ । यही समस्याको कारणले गर्दा नै कलाकारहरु के गर्ने र के नगर्ने भन्ने दोधारमा परेका छन् ।

कलाकार दिपकराज गिरीलाई जोडीको रुपमा दर्शकले जती अभिनेत्री प्रियंका कार्कीसँग मन पराए, त्यती अभिनेत्री दीपिका प्रसाँइसँग मन पराएनन् । फिल्म छक्का पन्जा ३ हिट भएपनि दर्शकले खोजी भने प्रियंकाको नै गरेका थिए ।

कलाकारले सिनेमामा हिट भैसकेपछि जोडी फेर्ने प्रयास त गर्छन् । तर, ती जोडीलाई दर्शकले स्विकार गर्न पनि गाह्रो परेको देखिन्छ । यसैले पनि कलाकारहरु ठूलो सकसमा रहेको पाइन्छ । नछाडौ धेरे खेलेको आरोप, छाडौ अर्कोसँग सुहाउने जोखिम बढी । कहिलेकाही कलाकारलाई यही समस्याले पेलिदिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.