‘साइँली’को ‘प्याट प्याटे’चपलमा अल्झिएका गौरव

गौरव पहाडी र मेनुका प्रधानको मुख्य अभिनय रहेको फिल्म ‘साइँली’मा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले बुधबार राजधानी यूटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा गौरव पहा,डी मेनुका प्रधान, दाँयाहाङ राई र केनिपा सिंह फिचर्ड छन् ।

गीतमा गायक हेमन्त राणाको स्वर, सुशान्त गौतमको स्वर, हर्क साउदको शब्द रहेको गीतमा गायक स्वयम संगीत रहेको छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक राम बाबु गुरुङले निर्देशन छन् साथै उनकै कथामा रहेको साइली फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि। कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्म चैत १५ बाट देशव्यापी प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video