‘जानी नजानी’को चार क्यारेक्टर पोस्टर

चैत्र १ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’जानी नजानी’को फस्टलूक पोष्टर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले गरेको फिल्मको ४ पोस्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड रहेका छन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्म बसन्त अधिकारीको डेब्यु निर्देशन हो भने फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीको निर्माण गरेका हुन् । प्रेम कथामा आधारित फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, संजय लामाको छायाँकन, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठका अलावा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.