‘कप्स’को गीतमा अनुप र सन्दिपाको रोमान्स

पछिल्लो समयका निकैनै रुचाइका अभिनेता अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘कप्स’को पहिलो गीत सार्वजनिक भएको च । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुप बिक्रम शाही र नवअभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक मूडमा देखिएका छन् ।

गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर, विजय घिमिरेकै शब्द/संगीत रहेको गीतमा शिशिर खत्रीको कोरियोग्राफी रहेको छ ।

अन्य फिल्ममा सधै भिलनको रुपमा देखिने अनुप सो फिल्ममा एक सच्चा प्रहरीको भूमिका निर्वाह गरेका छन ।

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको उक्त फिल्मलाई सम्राट शाक्यले निर्देशनमा गरेका हुन् । फिल्ममा अनुपका अलावा सन्दिपास लिम्बु , अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी र रोशन सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म चैत्र ८ गतेबाट देशब्याप्पी प्रर्दशनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.