धर्मेन्द्रले नम्रतालाई ‘कता हिडेकी’ भनेपछि

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘कता हिडेकी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.