फ्राइडे रिलिज तीन फिल्म

हरेक शुक्रबार अहिले अहिले ३ फिल्म रिलिज हुदै आउने क्रममा आज अर्थात शुक्रबार पनि नेपाल भरका सिंगल थिएटरमा ३ फिल्म एकसाथ रिलिज हुदैछन । आज ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ देशव्यापी प्रर्दशनमा आएका हुन् । गत महिना रिलीज फिल्मले सोचे जस्तो ब्यापर नगरेता पनि फिल्म रिलिज भने कमि आएको छैन ।

फिल्म ‘रुमालै छ चिनो’मा बिर गोर्खालीको कथा समेटिएको छ बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गर्ने यो चलचित्रमा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रेशम थापाको कथा छ ।

मेडिकल साइन्स तथा फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधका विषयमा आधारित फिल्म हो ‘फिङ्गर प्रिन्ट’ । नवीन निरौलाको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिल श्रेष्ठ र शंकर आचार्य निर्मता रहेका छन् ।

फिल्ममा आयुष्मा र राजका साथमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

युवापुस्तामा मौलाएको ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने विषयलाई फिल्ममा समेटिएको हो ‘ब्वाईफ्रेण्ड’ । मदन घिमिरे निर्देशित तथा लायन कृष्ण खनालको निर्माण रहेको फिल्ममा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.