आफूले बनाउँदा जोखिम नमोल्ने कलाकार अरुको लगानीमा किन फरक कथा खोज्छन् ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेत्री केकी अधिकारीले बुलबुल सिनेमा हेरेपछि यसको प्रशंसा गरिन् । प्रशंसा गर्दै उनले यस्तो सिनेमा आफूले गर्न पाएको खण्डमा हुन्थ्यो भन्ने लागेको पनि सुनाइन् ।

केकीले फिल्मको प्रशंसा गर्दै गर्दा स्वस्तिमाको कामले छक्क पारेको पनि बताएकी छिन् । अभिनेत्री केकी अधिकारीले यस्तो सिनेमा आफूले गर्न पाएको खण्डमा हुन्थ्यो भनिरहँदा आफूले नै निर्माण गरेको सिनेमा कस्तो बनाए भनेर एक पटक सोच्न आवश्यक छ ।

केकीले नै बनाएको कोहलपुर एक्सप्रेस यो बर्ष रिलिज भयो । यो सिनेमा यति सस्तो र हल्काफुल्का कमेडीमा तयार भएको छ । केकीको हातमा नै डाडु र पन्यू हुँदा पनि उनले गतिलो खाना बनाएर खान सकिनन् । बरु, पैसा कमाउन कसरी सकिन्छ भनेर मात्र सोचिन् ।

नेपाली कलाकारमा देखिएको समस्याको एउटा उदाहरण केकीको सोचमा पनि छ । त्यो के भन्दा, अरु निर्माताले लगानी गर्दा आफूमाथि गम्भिर र फरक प्रकृतीको कथामा जोखिमा मोलोस् । तर, आफूले नै सिनेमा बनाउँदा भने जे चलेको छ, त्यसकै पछि लागिरहन पाउ ।

केकी अधिकारीले बुलबुल नै बनाउन त सक्थिनन् होला, तर केही फरक कथामा अभिनय पनि देखिने गम्भिर भूमिकामा काम गर्न पक्कै सक्थिन् । तर, उनले यसो गरिनन् ।

केकी मात्र होइनन्, अहिले नेपाली सिनेमामा धेरै कलाकार निर्माता भएका छन् । निर्माता भएका कलाकारहरुले अनुहार पनि आफै देखाएका छन् । तर, उनीहरुले बनाएको सिनेमा हेर्दा किन उनीहरु अरु निर्मातामाथि काम गर्दा आफूले यस्तो भूमिका र उस्तो भूमिका गर्न पाइनन् भनेर कराउँछन् भन्ने प्रश्न उठ्छ ।

अभिनेत्रीहरु निर्मात्री बनेको लामो समय भैसकेको छ । अरुको सिनेमामा काम गर्दा आफूले सोचेजस्तो सिनेमामा काम गर्न नपाएको गुनासो उनीहरुले गर्छन् । आफूले अझै सोचेजस्तो भूमिकामा काम गर्न नपाएको गुनासो त झन् कती आउँछ आउँछ । तर, सिनेमा आफैले बनाउन पाउँदा उनीहरुको पनि सिनेमाको कथावस्तुले दर्शकलाई विरक्त बनाउँछ ।

अभिनेत्री रेजिना उप्रेतीले पनि आफूले सोचेजस्तो सिनेमामा काम गर्न कहिल्यै नपाएको गुनासो गरिन् । तर, जब उनी निर्मात्री बनिन् साह्रै सस्तो कथामा काम गरिन् ।

नेपालमा कलाकारहरु आफ्नो भूमिकालाई लिएर कहिले पनि गम्भिर छैनन् । अहिले त कलाकार झनै यति पैसामुखी भैसकेका छन् कि, कुन कथामा कस्तो काम गर्ने भन्दा पनि उनीहरु एउटामा सकेर अर्कोमा काम कहिले गर्ने भनेर सोचिदिन्छन् ।

अभिनेता र अभिनेत्रीहरुलाई अहिले सिनेमामा लगानी नगरेको खण्डमा लामो समय टिकिदैन भन्ने थाहा छ । यसैले निर्माता खोजेरै भएपनि उनीहरु निर्माताको पगरी गुथिरहेका छन् । तर, आफैले बनाएको सिनेमा अरुको सिनेमामा काम गरेको भन्दा पनि तल्लो स्तरको बनाइरहेका छन् ।

अरुको सिनेमामा काम गरेकी तर आफैले सिनेमा बनाएकी छुल्ठिम गुरुङको डायरी होस् या अभिनेत्रीबाट निर्मात्री बनेकी ऋचा शर्मा नै किन नहुन् ।
अरुले लगानी गर्दा सोचेको जस्तो, आफूले अभिनय देखाउन खोजेको कुरा नपाएको बताउँछन् ।

आफूले सिनेमा बनाउँदा लगानी डुब्छ कि जस्तो गरेर सस्तो कथा रोज्छन् । आफ्नो पैसा डुब्छ भन्ने डर हुने निर्माताले अरुले लगानी गर्दा पनि फरक कथामा लगानी गर्न डराउँछ भन्ने सोच राख्ने हो कि ?

कुनै पनि कुराको सुरुवात आफैबाट गर्नुहोस् । अरुले गरेको काम गर्न पाए हुन्थ्यो भन्दा पनि अवसर पाएको खण्डमा आफूले नै त्यसको थालनी गर्दा कती राम्रो हुन्थ्यो ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.