पैसा,प्रेम र सफलतामा अल्झिएको ’जानी नजानी’को ट्रेलर

चैत्र १ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’जानी नजानी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा मनिष श्रेष्ठ, प्रकाश अधिकारी,कृष्ण भक्त महर्जन, रोशनी केसी, सन्नी सिंह र नम्रता श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सार्वजनिक ट्रेलर पैसा,प्रेम,पोजिसन र सफलतामा आधारित रहेको छ ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्म बसन्त अधिकारीको डेब्यु निर्देशन हो भने फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीको निर्माण गरेका हुन् । प्रेम कथामा आधारित फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, संजय लामाको छायाँकन, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठका अलावा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.