‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ भिडन्त

एक साथ दुईमा ससो भन्दा बढी फिल्म प्रर्द्शन हुने क्रममा जेठ ३ मा अर्को दुई ठुला फिल्मको भिडन्त हुने भएको छ । ३ गते फिल्म ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ एकसाथ हलमा आउने भएका हुन । दुवै फिल्ममा निकै नाम चलेका कलाकारहरुको अभिनय रहेको छ ।

गत शुक्रबार मात्र फिल्म ‘वीरविक्रम’ निर्देशक मिलन चाम्सले फिल्मको प्रर्दशन मिती तय गरेका छन् । दुवै फिल्म रिलिज जुधेको हुनाले दुई मध्य कुनै एक फिल्मको प्रर्दशन मिती पुन परिवर्तन हुने सम्भावना पनि प्रवल रहेको छ । दुबै फिल्म प्रेम जनरामा निर्माण भएका फिल्म हुन् ।

हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । ‘वीरविक्रम २’मा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘प्रेम दिवस’ मा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.