नेपाली फिल्मकर्मीः विदेश सिनेमाको पार्टीमा मस्त, आफ्नो फिल्ममा अस्तव्यस्त

सुत्र इन्टरटेन्मेन्ट- केही दिन अगाडि काठमाण्डौको विग मुभिजमा केही चिनिएका कलाकार पार्टीमा सहभागी भए । त्यो पार्टी कुनै नेपाली सिनेमाको सफलताका लागि थिएन ।

त्यो पार्टी साउथको सिनेमा केजीएफले नेपालमा ५१ दिन मनाएको उपलक्ष्यमा आयोजना गरिएको थियो । साउथ सिनेमाको पार्टीमा नेपाली सिनेमालाई माथि लैजान पर्छ, विदेशी सिनेमा नै हाम्रा मुख्य प्रतिस्पर्धी हुन् भन्ने चलचित्रकर्मी नै सहभागी थिए ।

नेपाली सिनेमाका मेकरको एउटा तरिका निकै नै उदेकलाग्दो छ । नेपाली सिनेमाले विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्नु परेको अवस्थामा उनीहरु विदेशी सिनेमालाई मज्जाले एक्लै चल्न दिन्छन् । तर, आफू आफू जुधेर सकिन्छन् । अनी, तिनै मेकरले सबैभन्दा ठूलो कुरा नेपाली फिल्मको विकासको बारेमा गर्छन् ।

कुरा यो बर्षकै गरौ । गतबर्ष रिलिज हुनुपर्ने निर्देशक मिलन चाम्सको सिनेमा ह्याप्पी डेज बलिउडका सिनेमासँग भाग्दा भाग्दै वैशाख १४ मा पुग्यो । यो बर्षको वैशाख १४ मा रिलिज भएको कोहलपुर एक्सप्रेससँग सहज रुपमा जुध्न तयार भएका मिलन बलिउड सिनेमासँग डराए ।

अब, उनको सिनेमा विर विक्रम २ कै हेरौ नै । विर विक्रम २ लाई मिलनले जेठ ३ गते रिलिज गर्दैछन् । तर, यो मितिमा पहिले नै अर्का निर्माताको सिनेमा पक्का थियो । यो मितिमा प्रेमदिवस नाम गरेको आशातित सिनेमा रिलिज हुँदैछ । तर, विर विक्रम २ लाई मिलनले प्रेमदिवससँग जुधाए ।

मिलन चाम्सले प्रेम दिवससँगको भिडन्तलाई पार लगाउन पनि सक्थेँ । तर, नेपाली सिनेमा मेकर मिल्नपर्छ, जुध्न हुन्न भन्ने मिलन भिडन्तमा सबैभन्दा बढी विश्वास गर्छन् ।

बलिउडमा हेर्ने हो भने ठूला बजेटका, दर्शकले हेर्न सक्ने कलाकार भएका सिनेमाको भिडन्तलाई कुनै न कुनै तरिकाले मिलाइन्छ । तर, नेपालमा हेर्ने हो भने, यसको सिनेमामाथि हान्नु पर्छ, यसलाई त सक्नुपर्छ भन्ने सोच छ ।

यही सोचका कारण धेरै निर्माता आकाशमाथि हेरेर थुक्दा आफ्नै मुखमा त्यो थुक परेको थाहा पाउँदैनन् । आफू सकिएपनि केही भएन, तर अर्कालाई त सक्न पर्यो पर्यो ।

अहिले त युटुबमा पनि यो खालको विृकत राजनीति देखिएको छ । सिनेमा क्याप्टेनको गीत आएकै दिन युटुबमा निर्माता गोविन्द शाही र अभिनेता प्रदिप खड्काले लभ स्टेशन नाम गरेको सिनेमा अपलोड गरिदिएका थिए । यो भन्दा घिनलाग्दो राजनीतिक अरु कहाँ होला ?

नेपाली सिनेमाका मेकरले विदेशी सिनेमालाई दुश्मन ठान्छन् । तर, सुक्ष्म विश्लेषण गर्ने हो भने नेपाली मेकरको सबैभन्दा ठूलो दुश्मन अर्को नेपाली मेकर नै हो । कुनै हिरोसँग, कुनै निर्मातासँग हुने इगोको पछि लागेर यहाँ आफू सकिए केही भएन, अर्कोलाई त सक्न पर्यो भन्ने राजनीति हाबी छ ।

विदेशी सिनेमाले ५१ दिन मनाएको पार्टीमा जाने नेपाली सिनेमाका सिनेकर्मी आफ्नै देशको सिनेमाले ५१ दिन मनायो भने निमन्त्रणा पाए पनि जाँदैनन्, बरु अन्तै बसर त्यसको दुख साट्दै आफै स्याम्पिएन फोड्छन् ।

यही संकृतीले गर्दा नेपाली सिनेमा उभो लाग्न पाएको छैन । नेपाली फिल्म मेकरले अर्को मेकरलाई साथ मात्र दिने हो र मिलाएर सिनेमा रिलिज गर्ने हो भने यो अवस्था आउने नै थिएन ।

तर, हाम्रो दुषित मानसिकता नै नेपाली सिनेमा माथि नजानुको सबैभन्दा मुख्य कारक हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.