‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न

सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर भयो।

पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् । फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, ुनेपाली मौलिकता बोलेको यो प्रकारको फिल्मको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।

हालसम्म रिलिज सबै फिल्ममा भन्दा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन् । प्रिमियरमा फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले यसै फिल्मबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा उभ्याएको छ, प्राप्त भिडियो रिभ्यू यहि बोल्छ ।

‘हेल्प फर ह्युमिनिटी’ न्यानो काख अभियान० सहयोगार्थ आयोजित उक्त ुशोुको प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए । यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्म ुपुरानो बुलेटुमा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.