के कारणले गर्दा चल्नुपर्छ क्याप्टेन ?

सुत्र इन्टरटेन्मेन्ट-छक्का पन्जा ३ चलेपछि सुनसान देखिएको देशभरको हलको अवस्था अझै कन्तविजोग नै छ । दर्शक नआएर हल संचालक कर्मचारीलाई तलब खुवाउन पनि धौ धौ परेको कुरा गर्छन् ।

यता, सिनेमा बनाएर राम्रै रकम कमाउला भनेर आएका निर्माता टाउकोमा हात राखेर बसिरहेका छन् । यसैले पनि अब कुन सिनेमाले दर्शक तान्छ भन्ने बहस भैरहेको छ । अहिले धेरैको आँखा, फागूण १७ गतेबाट रिलिज हुन लागेको अभिनेता अनमोल केसीको सिनेमा क्याप्टेन माथि परेको छ ।

भूवन केसीको होम प्रोडक्शनमा बनेको सिनेमा, त्यसमा पनि आजसम्म कुनै असफल सिनेमा नदिएका अभिनेता अनमोल केसीको मुख्य भूमिका, दर्शक हलसम्म आउने वातावरण बन्छ भन्नेमा धेरै विश्वस्त छन् ।

यस्तो अवस्थामा क्याप्टेन चल्नैपर्ने कारण के के होला त ? अभिनेता अनमोल केसीका लागि यो सिनेमा चल्नैपर्छ । किनकी, नेपाली सिनेमामा सर्वाधिक स्टारडम भएको हिरोको रुपमा हेरिएका उनलाई अहिले त मेगास्टार पनि भन्न थालिएको छ । यसैले क्याप्टेन सिनेमा चलने भने अनमोललाई दिइएको ट्याग नै धरापमा पर्नेछ ।

अनमोललाई ५० लाख पारिश्रमिक दिएर सिनेमा खेलाउन निर्माता लालयित छन् । अनमोल केसी सर्वाधिक पारिश्रमिक लिने अभिनेता पनि हुन् । क्याप्टेनको व्यापारले उनको बजार भ्यालु देखाउनेछ ।

निर्माता भूवन केसी नेपाली सिनेमामा लामो समयदेखि फिल्म बनाउँदै आएका मेकर हुन् । भूवन केसीको ब्यानरले बनाएका सिनेमा सफल छन् । यसैले पनि ब्यानरको हिसाबले पनि क्याप्टेन चल्नुपर्छ ।

क्याप्टेनको आजसम्म, २ वटा गीत र ट्रेलर सार्वजनिक भएको छ । यी तिनै बिषयले दर्शकको मन गहिरो छाप छाडेको छ । सिनेमाका यी तिनै बिषयलाई अत्याधिक मन पराइएको छ । यसैले यसको हाइप हेर्दा पनि सिनेमा चल्नुपर्छ ।

अर्कोतिर, लामो समयदेखि झिंगा भन्काएर बसेका हल संचालकका लागि पनि यो सिनेमा चल्नुपर्छ । किनकी, यो सिनेमा पनि चलेन भने हल संचालकको आशा पनि निराशामा बदलिनेछ ।

नेपाली सिनेमामा लामो समयपछि एउटा फरक र राष्ट्रियताको बिषयमा सिनेमा बनेको छ । फुटबललाई नै कथा बनाएर सिनेमा बनाउन मेकरले चाहदैनन् । यसैले पनि क्याप्टेन नयाँ कथाको थालनी पनि हो ।

यी र यस्तै कारणले यो सिनेमा चल्न आवश्यक छ । आशा गरौ, क्याप्टेनले नेपाली सिनेमाको सुस्त बजारलाई फेरि गती दिनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.