एक साथ मिडियामा राजेश हमाल, भुवन केसी, अनमोल केसी र निरुता, को बन्छ करोड पतिको शोमा गरे यस्तो मस्ती ( भिडियो )

अभिनेता राजेश हमाल र भुवन केसीलाई एक साथ मिडीयामा तथा संगै फ्रेममा देख्न नेपाली फिल्म क्षेत्रको लागि नै ठूलो कुरा हो । सम्भवत एकसाथ् नदेखिने यी दुई नायककाबीचमा मनमुटाव रहेको खबर बेला बखत मिडिया माझ आउने पनि गर्दछ ।

यी दूई समकालिन अभिनेता हुन । तर पनि भनिन्छ यी दुई महानायकको उपाधीको लागि एकअर्कासँग प्रतिष्पर्धा गरिरहेका छन् । यी दुईले तीन दशकको फिल्म इतिहासमा जम्मा दुई फिल्ममा मात्र संगै काम गरेका छन् । ती फिल्म हुन् राजु राजा राम र चोर्र सिपाही ।

निकै कमैमात्र बाहिरी कार्यक्रममा देखिने र सामिल भएका कार्यक्रममा पनि एकअर्का सँग खासै नजिक नदेखिएका कारण सायद यी दुईबीच मनमुटाव छ भन्ने खबर बाहिरिनु पनि सामान्य हो ।

यसै बीच भुवन केसीको होम प्रोडुसनमा निर्माण भएको फिल्म क्याप्टेनको प्रचारप्रसारका लागी भुवन केसी,अनोल र निरुता सिंह महानायक राजेश हमालकू को बन्छ करोड पति भन्ने शोमा पुगेका छन् । प्रचारप्रसारका लागि शोमा पुगेका राजेश हमालको शोमा पुगेका केसीका बाउछोराले राजेश हमालसंग खेल खेलेका छन् । खेलसंगै उनीहरुले सामूहिक रुपमा अन्तर्वाता समेत दिइएका छन् ।

एकदमै कमैमात्रामा एकसाथ देखिने राजेश हमाल र भुवन केसीका साथमा अनोल केसी र निरुता सिंह चारै जना एकसाथ मिडियामा देखिएको यो पहिलो पटक हो ।

अन्तर्वाताको क्रममा राजेश हमाललाई भुवन केसीले आफ्नो छोरो अनमोल जस्तै छोरा जन्माएर नेपाली फिल्म उद्योगलाई नयाँ पुस्ता दिन आग्रह गरे ।

राजेशले यसकुरालाई ठट्टा गर्दै भर्खर अनमोल र आफू उत्रा उत्रै भएको र भुवन केसी आफ्नो बाउ भएको बताए । उनी हात जोड्दै भुवनलाई भन्छन्, भुवन वुवा, नाती जन्माउनका लागि म दिनरात खटि राखेको छु । एक पल पनि मिस गरेको छैन ।

निकै रमाइला शैलीमा प्रस्तुत भएका राजेशको जोक्समा अनमोल केसी र निरुता सिंह निकै हासेका थिए ।
बाकी भिडियोमा हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.