प्रदिप र साम्राज्ञीको ‘शुभ विवाह’

नेपाली फिल्म क्षेत्रमा अहिले अत्याधिक रुचाइएका अभिनेता हुन् प्रदिप खड्का । उनि एकपछि अर्को गर्दै ब्याक टू ब्याक फिल्म गर्नमा व्यस्त छन् । यसैबीच उनि पुन अर्को फिल्ममा अनुबन्धित भएको खबर बाहिरिएको छ ।

सार्वजनिक खबरका अनुसार, उनि हेमराज विसीको अर्को फिल्म ‘शुभ विवाह’ गर्ने भएका छन् । कागजी रुपमा फिल्म गर्ने सम्झौता नभएता उनले फिल्म गर्ने लगभग पक्का भएको हो । फिल्मको औपचारिक घोषणा भने केहि समय पछी हुनेछ ।

दुई व्यक्ति प्रेममा पर्दा देखि उनीहरुको विवाहसम्मको यात्रालाई फिल्ममा देखाइने छ । फिल्ममा प्रदिपको अपोजिटमा साम्राज्ञी आर एल शाह रहेने छिन ।

केहि समय अगाडी प्रदिप जसितालाई साथ् लिएर साम्राज्ञीको घर पुगेका थिए । जसका कारण साम्राज्ञीसंगै काम गर्न या जसीतासँग साम्राज्ञीको मित्रता गाडा बनाउनका लागि प्रदिप उनको घर पुगे भन्ने चर्चा पनि चलेको थियो ।

प्रदिप अभिनित फिल्म ‘लभ स्टेसन’चैत्र २२ बाट देशब्यापी प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.