मुन्द्रेको कमेडी क्लबमा बाबु-छोरा भुवन र अनमोलले खोले एकअर्काको रहस्य

केही समय अगाडिबाट नेपाल टेलिभिजनबाट जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण हुने गदर्छ । दीपाश्री निरौला सभापति रहेको उक्त कमेडी क्लबमा नेपालका विभिन्न कला क्षेत्रमा रहेका ब्यक्तित्वलाई सहभागि गराइन्छ ।

यसैक्रममा सोमबार अर्थात हिजो सम्पन्न शोमा फाल्गुन १७ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘क्याप्टेन’का अभिनेता तथा युग स्टार भुवन केसी उपस्थित भएका थिए । फिल्म प्रर्दशन मिती नजिकिएसंगै निर्माण टिम प्रचारप्रसारमा तीव्र रुपमा अघि बढेको छ ।

यसैक्रममा मुन्द्रेको कमेडी क्लब उपस्थित बाबुछोरा तथा मुन्द्रेले पनि कार्यक्रममा फिल्मसंगनै जोडिएर कुरा गरेका छन् भने केहि अनमोल तथा उनका पितासँग सम्बन्धित व्यक्तिगत कुराहरु समेत खोलेका छन् ।

उनका पिता भुवनका अनुसार, अनमोल काम प्रेमी व्यक्ति हुन । उनि र अनमोल एकअर्का भन्दा धेरै फरक रहेका छन् । अनमोल निकै धार्मिक रहेको र केहि समय अगाडी उनि बनारस गएर त्यहाँको नदिमा नुहाएर गंगाजल लिएर आउने रहर रहेको बताएका थिए । भने अनमोलले पनि यो उमेरमा बाबुको रोमान्स देखेर आफुलाई लाज लाग्ने बताएका ।

त्यसै गरी फिल्ममा एक युवकले देशको लागि खेल्दा आइपर्ने अप्ठयार, समस्या तथा संघर्षको कथा समेटिएको छ र हरेकले हलमा गएर एकपटक फिल्म हेर्ने पर्ने बताएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.