‘मारुनी’ को ‘जाम्न माया जाम’मा दिपक बज्रचार्यको स्वर

पछिल्लो समय ‘मन मगन’ बोलको गीतका कारण चर्चामा रहेका गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली फिल्ममा संगीत भरेका छन् । उनले फिल्म ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा संगीत र स्वर दिएका छन् । उक्त गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा ३ वटा गीत समावेश छ । जस मध्यको ‘जाम्न माया जाम’ बोलको गीत एक हो र यो अन्य गीत भन्दा फरक रहेको बज्राचार्यले बताएका छन् ।

गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको यो गीतमा फिल्मका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन ।

फाल्गुनको १८ गतेबाट छायांकन सुरु हुने फिल्म आउँदो बर्षको भदौ १३ गतेबाट प्रर्दशन हुनेछ । फिल्मलाई निर्देशक नवल नेपालले निर्देशन गर्दै छन् । फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाका अलावा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुक अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.