‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत ‘काठमाडौं’ सार्वजनिक

आगामी चैत्र १ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘दि म्यान फ्रम काठमाडौं’को ‘काठमाडौं’ बोलको शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार युटुब मार्फत सार्वजनिक भएको गीतलाई १९७४ एडी ब्याण्डले तयार पारेको हो

गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको गीतमा फिल्मका मुख्य पात्रका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको सो गीतले काठमाडौंको कथा व्याथा बोल्ने निर्माण टिमको भनाई छ ।

धोन्डुपले निर्देशन गरेका ‘द म्यान फ्रम काठमाण्डू’ नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म हो । फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन तथा हरि पिलाइको ध्वनी रहेको छ । फिल्ममा आनाका अलावा जोसे म्यानुअल, गुल्सन ग्रोवर, हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.