स्वच्छता दूतमा प्रियंका र आयुष्मानको नियुक्ति

नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देश राज जोशी स्वच्छता दूतमा नियुक्ति भएका छन । यी दुई एक वर्षको लागी स्वच्छता दूतमा नियुक्ति भएका हुन् ।

नेपाल खानेपानी मन्त्रालयले महिनावारी हुदाँ महिलाहरुले भोग्नु पर्ने पिडा तथा समस्यका बारे जनचेतना फैलाउनका निम्ति कलाकारहरुले निकै अहम भूमिका निर्वाह गर्न सक्ने भएकाले मन्त्रालयले यी रियल जोडी तथा आयंका फाउन्डेसनलाई चुनेको हो ।

खानेपानी मन्त्री बिना मगरले दुवै जनालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको बताएकी छिन ।

म्युजिक भिडियो तथा विभिन्न जनचेतनामुलक छोटो फिल्महरुमा व्यस्त हुन थालेका यी दुईको प्रेम दिवस नामक फिल्म यहिँ जेठ ३ गतेबाट देशब्यापी प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.