अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा ‘थिएटर मल’को नयाँ हल उद्घाटन

‘थिएटर मल’को नयाँ हल उद्घाटन भएको छ। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा आयोजक रहेको थिएटर मलले कीर्तिपुरस्थित हलको औपचारिक सुरुवात गरेको हो ।

बिहान १०:३० बजे झाँकीसहितको र्यालीबाट उद्घाटन समारोह सुरु भएको थियो । कीर्तिपुर गेटदेखि थिएटर रहेको राराहिल स्कूलमा पुगेर र्याली टुंगियो ।

र्याली लगत्तै परम्परागत झाँकी र अन्य सांगीतिक कार्यक्रमबीच शुभकामना आदान प्रदान भयो । कार्यक्रमका लागि अतिथिहरु समालोचक अभी सुवेदी, नाट्यकर्मी अशेष मल्ल कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, दुर्गालाल श्रेष्ठ, शन्तदास मानन्धर लगायत रहेका थिए ।

कार्यक्रममा मेयर महर्जनले कला, संस्कृति जगेर्नाका लागि कीर्तिपुरमा थिएटर स्थापना खुशीको विषय भएको बताए। भने,’अब हामी नेपाल भाषा एकेडेमीमा पनि नाटकको अवधारणा बनाउने छौं ।’

महोत्सवका लागि निर्देशक राजन खतिवडा, माइकल थोनहाउजर र अस्मिना रञ्जितले शुभकामना मन्तव्य दिए । औपचारिक कार्यक्रम लगत्तै थिएटर मलमा पहिलो नाटक ‘भोको घर’ मञ्चन भयो ।

यसअघि सोही नाटक काठमाडौं मलस्थित हलमा मञ्चन भइसकेको थियो । सामाजिक एवं मनोवैज्ञानिक कथा विषय उठान गरेको नाटकले निम्न वर्गीय परिवारको अभाव, सपना र महत्वकांक्षाहरु देखाउँछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.