गौरव र मेनुकाको ‘साइँली’ ( ट्रेलर )

गौरव पहाडी र मेनुका प्रधानको मुख्य अभिनय रहेको फिल्म ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले यूटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा गौरव पहाडी, मेनुका प्रधान, दाँयाहाङ राई र केनिपा सिंह मुख्य फिचर्ड छन् ।

सार्वजनिक ट्रेलर माया, प्रेम, विवाह तथा घर-परिवारमा आउने समस्याहरुलाई देखाइएको छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन भने उनकै कथामा रहेको साइली फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि। कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म चैत १५ बाट देशव्यापी प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.