प्रेमका अनेकौं लीला समेटिएको “प्रेमलीला”को नयाँ ट्रेलर

अन्तरदेशीय प्रेम सम्बन्धमा आधारित फिल्म ‘प्रेमलिला’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युटृब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा प्रेम, द्वन्द तथा प्रेमका अनेकौं लिलाहरुलाई देखाउन खोजिएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक, दुई गीत र ट्रेलर पनि सार्वजनिक भइसकेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्म फागुन १० गते देखि प्रदर्शन हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.