उपसना र प्रियंकाको प्रेममा अनमोल

फाल्गुन १७ गतेबाट देशब्यापी प्रर्दशनमा आएको फिल्म क्याप्टेनमा समावेश ‘ सक्दिन कि बाच्न ‘ बोलको गीत सार्वजनिक भएको छ । फिल्म प्रर्दशनमा आएको हप्ता दिन नपुग्दै निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अनमोल केसी, उपसना सिंह ठकुरी र प्रियंका एमभी फिचर्ड छन् ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.