२८ औ जन्मदिन मनाउदै प्रदिप

अहिलेका सर्वाधिक डिमाण्ड भएका चर्चित अभिनेता प्रदिप खड्का आजबाट २७ वर्ष पुरा भएर २८ मा लागेका छन् । ललितपुरको कुसुन्तीमा जन्मिएका उनले आज आफ्नो २८ औ जन्मदिन मनाउदै छन् ।

मार्केटिंग विषयमा मास्टर गरेका उनले फिल्म क्षेत्रमा भित्रिएका सुरुवाती अवस्था देखि अहिले सम्म पनि पछि फर्केर हेर्नु परेको छैन । उनले कलिउड फिल्म उधोगलाई एक पछि अर्को हिट फिल्म दिईरहेका छन ।

भखरै उनको फिल्म लभ स्टेसनको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् भने ट्रेलर अझै पनि युटुब ट्रेनिंगमा रहनुका साथै निकै सकारात्मक प्रतिक्रिका समेत बटुली रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.