बैशाखमा विपिनको ‘जात्रै जात्रा’

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको मुख्य अभिनय रहेको ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को छायांकन पुर्न सरु भएसंगै प्रर्दशन मिती सार्वजनिक भएको छ ।

फाल्गुन १७ बाट प्रर्दशनमा आउने भनिएको फिल्मका अभिनेता विपिन कार्कीको एक्सिडेन्ट भए पश्यात छायांकन रोकिएका कारण फिल्मको प्रर्दशन मिती सारिएता पनि फिल्मको प्रर्दशन डेट भने तोकिएको थिएन ।

सार्वजनिक खबरका अनुसार, फिल्म आगामी बैशाख अन्तिम अर्थात बैशाख २७ गते बाट प्रर्दशनमा आउने छ । निर्माण टिमले औपचारिक रुपमा भने फिल्म प्रर्दशन घोषणा गरेको छैन ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहनेछ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । छायांकन शिवराम श्रेष्ठको रहने फिल्मलाई सम्पादन मित्र डी गुरुङको रहेको छ भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् । फिल्ममा विपिन कार्की, दयाहाङ राई,रबिन्द्र झा, लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.