प्रदिप खड्काः के मा बलियो, के मा कमजोर ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्कालाई आज बिहानदेखि भ्याइनभ्याई छ । आज बिहानैबाट उनलाई शुभकामनाको ओइरो लागेको छ । ललितपुरको कुसुन्तीमा सारदा खड्का र टेक बहादुर खड्का पुत्रको रुपमा जन्म लिएका उनले मार्केटिंग विषयमा मास्टर्स समेत गरेका छन् ।

नेपाली फिल्मका चकलेटी हिरो भएकाले पनि प्रदिप खड्काका् फ्यान क्रेज अरु हिरोका लागि डाहाको बिषय बन्न सक्छ ।

आफैले निर्माण गरेको सिनेमा स्केपबाट सिनेमा क्षेत्रमा आएका प्रदिप यसमा असफल भए । यसपछि, उनलाई प्रेमगीत सिनेमाले भाग्य बदलिएको थियो । प्रेमगीत सिनेमाले तारिफ पाएपछि प्रदिप खड्कालाई लिनेको ताती लाग्यो । आज उनी नेपाली सिनेमाका महंगा अभिनेतामा पर्छन् ।

अभिनेता प्रदिप खड्काको चकलेटी लुक्स, अभिनयले दर्शकलाई तान्छ । यस्तै उनको बोल्ने कलाले पनि दर्शकलाई तानेको छ । तर पनि प्रदिप खड्काको केही बलिया पक्ष छन् भने केही कमजोरी पनि छन् ।

के छ त बलियो पक्ष ?
अभिनेता खड्कालाई दर्शकले मन पराएका छन् । उनको सिनेमाले दर्शकलाई हलसम्म तान्छन् । यसैले पनि उनी आज सिनेमा क्षेत्रका गनिएका अभिनेता बनेका हुन् । प्रदिपको लुक्सको पनि दर्शक फ्यान छन् । उनको मुस्कानमा भुतुक्कै हुने यूवतीको संख्या पनि उम्दा छ ।

प्रदिपको अभिनयको कुरा गर्दा, उनी अभिनयमा डुब्न सक्छन् । उनी, कमेडी, प्रेमको सिनेमा राम्रैसँग गर्छन् । उनको यही क्रेजले त हो उनलाई ४० लाखसम्म दिन निर्माता तयार भएका छन् । प्रदिपलाई सिनेमामा लिदा विदेशी बजारमा पनि सिनेमा बिकाउन सजिलो हुन्छ भनिन्छ ।

के छ कमजोरी ?
प्रदिपले आफ्नो अभिनयमा विविधता ल्याउन सकेका छैनन् । यसैले पनि दर्शकले एउटै अभिनय गर्दा मोनोटोनस महशुश गर्न सक्छन् । अर्कोतिर, प्रदिपको बोल्ने शैली त राम्रो छ तर उनी कहिलेकाही अरुको मजाक बनाइदिन्छन् । जसले उनको आलोचना पनि हुन्छ । बोल्दा हतारिने प्रदिप सोचेर भन्दा पनि मुखमा आएको कुरा बोलिदिन्छन् । एउटा स्टारले बोल्दा सोच्नुपर्छ ।

प्रदिपको करिअरमा लफडा बढी जोडिएको छ । जोसँग काम गर्यो, उसैसँग लफडा भन्ने चर्चाले उनलाई फाइदा गर्दैन । सुदर्शन थापा, रामशरण पाठक, निरक पौडेल, मिलन चाम्ससँग उनको राम्रो सम्बन्ध छैन, जसले उनको सिनेमा निर्देशन गरे ।

यसैले प्रदिपले सम्बन्ध सुधाएर गर्न पनि आवश्यक छ । प्रदिप सिनेमाको काम भन्दा बढी अरुको बिषयमा सोच्छन् र कुटिल चाल चल्छन् भन्ने पनि चर्चा छ ।

जेहोस्, आफ्ना कमजोरी सच्याउन मानिसले सक्छ, प्रदिपले पनि चाहेको खण्डमा त्यो सक्नेछन् । तर, नेपाली फिल्मा स्टारडमको अभाव भैरहेको समयमा प्रदिपको उपस्थितीले त्यो खडेरी भने चिरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.