जब हरिवंश र निरुता सेफ बने ( फोटो फिचर )

बैशाक १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ बोल गीतको अपार सफलता पछि निर्माण टिम अर्को गीत सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

फिल्मको दोस्रो गीत सार्वजनिक हुनु अघि निर्माण टिमले उक्त गीतसंग संबन्धित केहि तस्विरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरहरुमा हरिवंश आचार्य र नीरुता सिंह सेफको रुपमा देखिएका छन् भने तस्विरमा आचल शर्मा र पुष्प खड्का पनि दुईको साथमा निकै रमाई रहेको देखाईएको छ ।

राजेश पायल राई र स्मिता दाहालको स्वर रहने गीतमा हरिवंशकै शब्द, शम्भुजित बास्कोटाले संगीत रहेको छ भने गीतमा हरिवंश र निरूतासंगै पुष्प खड्का र आँचल शर्मा पनि फिचर्ड छन् ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.